काठमाडौं, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी ८ गते पर्साको देहाती गाउँ जगन्नाथपुर जानेहुने भएको छ । वीरगञ्जभन्दा करिब २५ किलोमिटर पश्चिमको जगन्नाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँलगायत सयौंलाई एमालेमा प्रवेश गराउन अध्यक्ष ओली पर्सा जान लाग्नुभएको हो ।

मियाँ माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । प्रदेश नं २ का सहइन्चार्ज एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीका अनुसार जगन्नाथपुरको कार्यक्रमको तयारीको लागि बारा र पर्सामा पार्टीका विभिन्न तहका बैठकहरु भइरहेका छन् । यस कार्यक्रमलाई सन्देश सभाका रुपमा सम्पन्न गर्ने मैनालीले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्