जनता टाइम्स

६ पुष २०७८, मंगलवार १५:११

जाडोमा अपनाउनुपर्ने १० सावधानी


मुटु रोग विशेषज्ञ डा. ओम मूर्तिको हेल्थ टिप्स :

१. पानी प्रशस्त पिउनेः

शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ ।

२. वार्म अप गर्नेः

शारीरिक व्यायाम सुरु गर्नु भन्दा अघि (५–१० मिनेट) शरीरलाई सक्रिय बनाउने अनि व्यायाम गर्ने ।

३. हिँडाइको गति कम गर्नेः

चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

४. चिसो हावा र पानी परेको बेलामाः

यस्तो बेलामा घर बाहिर ब्यायम गर्न निस्किनु हुँदैन ।

५. मदिरा र चुरोटको सेवनः

जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

६. धेरै चिल्लो खानाः

जाडोमा कोलेष्ट्र्रेल बढ्ने हुनाले, धेरै चिल्लो, फ्राई, पार्टी भोजको बेलामा सर्तक हुनु पर्छ ।

७. सुगर, प्रेसर, कोलेस्ट्रेलको राम्रो नियन्त्रणः

जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।

८. चिसोमा हिड्दा छाती दुख्नुः

मुटु रोगको प्रमुख लक्षण एन्जाइना चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी छ ।

९. औषधिको नियमित प्रयोगः

मुटुरोग प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाइकन नियमित खानु पर्छ ।

१०. व्यामको बेलामा चिसो बाट सुरक्षाः

यसको लागि पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नुपर्छ ।