जनता टाइम्स

८ पुष २०७८, बिहीबार १६:४३

यी हुन सर्वोत्कृष्ट सरकारी वकिल


काठमाडौं, पुस ८ । महान्यायाधिवक्ता कार्यालयका सहन्यायधिवक्ता सञ्जीवराज रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बन्न सफल हुनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा रेग्मी सर्वोत्कृष्ट वर्ष सरकारी वकिल बनेको जानकारी दिइएको हो ।

वर्ष वकिल भएपछि उहाँले प्रभावकारी रूपमा संवैधानिक र कानुनी जिम्मेवारी वहनमा कुनै कमी आउन नदिने बताउनु भएको छ । सोही कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता र पूर्वनायव महान्यायाधिवक्ताहरूलाई सम्मान गरिएको छ । यसैगरी १० जना सरकारी वकिल र कानुन संकाय लिएर अध्ययनरत विद्यार्थीहरू पुरस्कृत भएका छन् ।