सोलुखुम्बु, १३ पुस । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
हिजो दिउँसो ३ बजेतिर फलामको पाइपमा पानी हालेर परीक्षण गर्ने क्रममा पाइप पड्किएको थियो । घटनामा हाइड्रोपावरमा काम गर्ने अछामका २६ वर्षका सुवास राज रेग्मी र काभ्रेका २९ वर्षका अर्जुन थापाको ज्यान गएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो । उहाका अनुसार घाइते एक जनालाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
ज्यान गुमाएका रेग्मी र थापा विस्फोट लगत्तै बेहोस हुनुभएको थियो । मौसम सफा नहुँदा उनीहरुलाई तत्कालै उपचारका लागि काठमाण्डौ ल्याउन नसकेपछि ओखलढुङ्गाको अस्पतालमा लगिएको थियो । अस्पताल पुर्याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्