जनता टाइम्स

२७ पुष २०७८, मंगलवार १३:२०

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने


काठमाडौं, पुस २७ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक मङ्गलबार दिउँसो बस्ने भएको छ ।
कोभिड–१९ महामारीको नयाँ स्वरुप ओमिक्रोनको सङ्क्रमण बढ्न थालेपछि यसको नियन्त्रणका सम्बन्धमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।आइतबार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएसीसी०ले सिफारिस गरेका विषयवस्तुमाथि छलफल हुने उहाँले बताउनुभयो ।