जनता टाइम्स

३० पुष २०७८, शुक्रबार १३:५५

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण


काठमाडौं, ३० पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।