जनता टाइम्स

२० माघ २०७८, बिहीबार १६:०४

यति एयरलाइन्सका अध्यक्ष सोनाम शेर्पाले गरे दक्षिण अमेरिकाकै अग्लो हिमाल अकोन्कागुवाको सफल आरोहण


काठमाडौं, माघ २० । यती एयरलाइन्सका अध्यक्ष ल्हाक्पा सोनामा शेर्पाले अर्जेन्टिनाको ६ हजार ९६२ मिटर उचाइको अकोन्वागुवा हिमालको सफल आरोहण गर्नुभएको छ । शेर्पाले जनवरी २४ तारिख बिहान ११स्३० बजे माउन्ट अकोन्कागुवा हिमालको आरोहण गर्नुभएको हो । सो हिमाल दक्षिण अमेरिकाकै अग्लो हो ।

सोलुखुम्बका स्थायी बासिन्दा शेर्पाले हालसम्म विश्वका उच्चमध्येका ६ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ । दक्षिण अमेरिकाको सबैभन्दा अग्लो हिमाल आरोहण गरेका शेर्पाले अबको लक्ष्य सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

थामसेर्कु ट्रेकिङ तथा पर्वतारोहण समूहका समेत प्रमुख रहेका शेर्पालाई यती यरलाइन्सले पछिल्लो सफल आरोहणका लागि बधाई दिएको छ ।