जनता टाइम्स

२३ माघ २०७८, आईतवार १६:१२

नारायणकाजीको घोषणा : प्रचण्डले लेखेको पत्र माओवादीले स्वीकार गर्दैन


काठमाडौँ, माघ २३ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसीलाई अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेर पठाएको पत्र माओवादीमा लागू नहुने बताउनुभएको छ ।

फेसबुकमा टिप्पणी लेख्नदै पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले प्रचण्डले जे पत्र लेखेको भए पनि माओवादीको अडान तलमाथि नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ –, ‘प्रम देउवा र अध्यक्ष कड्डप्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन , सकिदैन ।’