काठमाडौं, ६ फागुन । बियर संसारको सबैभन्दा मनपर्ने पेय पदार्थमध्ये एक हो । संसारको सबैभन्दा पुरानो पेय पदार्थमा पानी र चियापछि बियर तेश्रो स्थानमा आउँछ । एक तथ्यांक अनुसार विश्वमा हरेक वर्ष झण्डै ४४ खर्ब बियरका क्यान खपत हुन्छन् ।बियर पिउने मानिस त धेरै हुन्छन् तर आफूले रित्याउने बियरको बोतल कि त खैरो रङको हुन्छ कि त हरियो रङको मात्र भन्ने हेक्का चाहिं धेरैलाई हुँदैन ।
के तपाईले यी दुई रङ बाहेक अरु रङका बियरका बोतल देख्नुभएको छ ? आखिर किन बियरका बोलत केवल यी दुई रङका मात्र हुन्छन् त ? स्मरण रहोस् प्राचीन मेसोपोटामियाको सुमेरियन सभ्यताको समयदेखि नै बियरको प्रयोग हुन थालेको हो ।तर हजारौँ वर्षअघि बियरको पहिलो कम्पनी चाहिं प्राचीन मिश्रमा खुलेको थियो । त्यसबेला बियरको प्याकिङ पारदर्शी काँचको बोतलमा हुन्थ्यो ।
पारदर्शी काँचको बोतलमा बियर राख्दा सूर्यको प्रकाशमा हुने परावैजनी किरणहरुले बियरमा हुने एसिडसँग रासायनिक प्रतिक्रिया गरेर बियरलाई बिगार्ने तथ्य पत्ता लगाइयो । त्यसो हुँदा बियरमा नमिठो गन्ध आउँथ्यो ।
प्रतिक्रिया दिनुहोस्