जनता टाइम्स

१९ जेष्ठ २०८२, सोमबार २०:१३

प्रेस काउन्सिलमा नेतृत्व अदल-बदल, अध्यक्ष आउट भएकै दिन कांग्रेस-एमालेका ६ पत्रकार सदस्यमा नियुक्त


काठमाडौं, जेठ १९ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत कार्यकाल पूरा गरी बाहिरिएकै दिन ६ जना सदस्य नियुक्त भएका छन ।

सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबाट तीन–तीन जना सदस्य नियुक्त भएका हुन । यसरी नियुक्त हुनेमा एमालेका नीमा काफ्ले, शान्तराम बिडारी र भीमलाल श्रेष्ठ रहनुभएको छ भने कांग्रेसबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी हुनुहुन्छ ।

एमाले प्रचार विभाग र कांग्रेसको प्रचार बिभागको सिफारिशमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले उहाँहरुलाई सदस्य नियुक्त गर्नुभएको हो । दुवै दल निकट संगठन प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनले पनि पार्टी प्रचार बिभागकै सिफारिशलाई अनुमोदन गरेपछि सदस्य नियुक्त गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।