जनता टाइम्स

१३ असार २०८२, शुक्रबार ०६:५३

ब्रह्मोसभन्दा घातक मिसाइल बनाउँदै भारत


काठमाडौं, १३ असार । भारतको हैदराबादस्थित रक्षा अनुसन्धान एवं विकास संगठन (डीआरडीओ) को उन्नत नौसेना प्रणालीले के–६ हाइपरसोनिक मिसाइल विकास भइरहेको छ।

भारतीय सञ्चारमाध्यमको दाबीअनुसार यो मिसाइल ब्रह्मोस भन्दा बढी घातक हुनेछ। यो विशेष गरी उन्नत एस-५ वर्गको आणविक-सञ्चालित पनडुब्बीहरूका लागि डिजाइन गरिएको हो। यो अरिहन्तभन्दा ठूलो आणविक-सञ्चालित एस-५ पनडुब्बी १२ मिटर लामो, दुई मिटर चौडा र दुईदेखि तीन टन वारहेड बोक्न सक्षम हुनेछ।

रिपोर्टअनुसार, यो मिसाइलको चाँडै परीक्षण हुने अपेक्षा गरिएको छ। पनडुब्बी प्रक्षेपित ब्यालिस्टिक मिसाइल (एसएलबीएम) के-६ पनडुब्बीबाट प्रक्षेपण गर्न सकिन्छ।
के–६ मिसाइलको विकासपछि भारत हाइपरसोनिक मिसाइल भएका देशहरूको सूचीमा समावेश हुने दाबी गरिएको छ।