जनता टाइम्स

१० फाल्गुन २०७८, मंगलवार १७:२४

नेपाल आदिवासी जनजाति महासंघको १४औं अधिवेशन चैतमा


सप्तरी, १० फागुन । नेपाल आदिवासी महासंघ सप्तरीको चौथो अधिवेशन चैत ५ गते सनिबार हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङको अध्यक्षतामा आज बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । आउँदो चैत ५ गते शनिबारको दिन अधिवेशन गर्ने निर्णय भएको महासंघका सचिव खेमराज सिंह दनुवारले जानकारी दिनुभयो ।

बैठकले नेपाल आदिवासी जनजाति महासंघसंग आबद्ध सप्तरीका जातीय संगठनहरूबाट दुई जना महिला अनिवार्यसहित दुई जना प्रतिनिधि र दुई जना परिवेक्षक गरी चार जनालाई बोलाउने निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघ सप्तरीमा थारु, धानुक, मगर, तामाङ, दनुवार, राई, नेवार, भुजेल गरी आठ जातीय संगठन आबद्ध रहेका छ्न् । यस्तै महिला, युवा, पत्रकार, विद्यार्थीलगायतका सम्बन्धन प्राप्त संगठनसमेत क्रियाशील रहेको जनाएको छ ।