जनता टाइम्स

१३ फाल्गुन २०७८, शुक्रबार १८:४४

प्रचण्ड निवास छिरे वामदेव


काठमाडौं, १३ काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नुभएको छ ।

उहाँले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।

प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका विषयमा छलफल भएको छ । दुई नेताले संसद्‍मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल गर्नुभएको छ ।