काठमाडौं, २४ फागुन । भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको राखेको अवस्थामा महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र अन्दाजी ३५ वर्षीया महिलाको शव परालले छोपेर राखेको अवस्थामा फेला परेको हो ।मृतक महिलाको पहिचान खुल्न नसकेको भक्तपुरका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागहरुमा समेत काटेको चोटहरु देखिएको साथै महिलाको शव अर्धनग्न अवस्थामा भेटिएको उहाँले बताउनुभयो ।
घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । भने घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्