जनता टाइम्स

४ चैत्र २०७८, शुक्रबार २१:०४

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच कुराकानी

काठमाडौं, चैत ४ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उहाँहरूले भिडियो कुराकानी गर्नुभएको दुवै पक्षका अधिकारीले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस–यूक्रेन युद्ध कुनै एउटाको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको थियो ।

अन्तर्राष्ट्रिय समुदायका लागि शान्ति, सुरक्षा सबैको चासो र सरोकारको विषय भएकाले दुई देशको युद्धलाई पनि सबैले साझा चिन्ताको विषयका रुपमा दुवै जनाले छलफल गर्नुभएको जनाइएको छ ।

राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताउनुभएको थियो ।

उहाँहरूले रुस–यूक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्नुभएको सरकारी अधिकारीले उल्लेख गरेका छन् ।

अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन् ।

गएको नोभेम्बरमा भएको भिडियो सम्मेलनपछि उहाँहरूका बीचमा अहिले कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

काठमाडौं, चैत ४ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज शुक्रवार कुराकानी भएको छ ।

युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उहाँहरूले भिडियो कुराकानी गर्नुभएको दुवै पक्षका अधिकारीले जनाएका छन् ।