जनता टाइम्स

७ चैत्र २०७८, सोमबार १२:४८

एमालेको पोलिटव्युरो बैठक सुरु


काठमाडौं, चैत्र ७ । नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो ।बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शंकर पोखरेलले बताउनुभयो ।