जनता टाइम्स

११ चैत्र २०७८, शुक्रबार १५:४३

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै


काठमाडौं, ११ चैत । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउनुहुने भएको छ । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलोपटक नेपाल आउन लाग्नुभएको हो । भिडियो संदेश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताउनुभएको छ ।

कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट हुने विश्वास व्यक्त गरेका छन् । ‘म काठमाडौंमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालन गर्दैछु’ उहाँले भिडियोमा भन्नुभएको छ । सिल्भियो मार्सल आर्टिस्ट र विश्व च्याम्पियन हुन् । उहाँले ज्याकी च्यान, जेट ली र अधिक जस्ता धेरै प्रसिद्ध अभिनेताहरूसँग अभिनय गरिसक्नुभएको छ ।

उहाँले डेड ओर अलाइभ, ट्रान्सपोर्टर ३, म्यान अफ ताई चिलगायतका फिल्ममा अभिनयसमेत गर्नुभएको छ । सिल्भियो एक्सन फर नेसन्सको सद्भावना दूत पनि हुन । एक्सन फर नेसन्सले अमेरिका, नेपाल, भारत र पाकिस्तानमा महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिमलगायतका महत्वपूर्ण कार्यहरू गरेको भन्दै हालै मात्र अमेरिकामा शो फेस्ट सोसल अवार्ड २०२२ समेत प्राप्त गरेको छ ।