जनता टाइम्स

२ बैशाख २०७९, शुक्रबार १८:५७

कांग्रेसको चुनावी सभा दुई घण्टाभित्र सकिने


काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको प्रचारका लागि दुई घण्टाभित्रै चुनावी सभा सक्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको आजको बैठकले निर्वाचनको प्रचारका लागि आयोजना गरिने सभा सञ्चालन मापदण्ड तय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभयो ।

समितिले बनाएको मापदण्डअनुसार पालिकास्तरका चुनावी सभा बढीमा दुई घण्टाभित्र सकिनुपर्नेछ । वडा र टोलस्तरका सभा भने एक घण्टाभित्रै सक्नुपर्ने गरी मापदण्ड तयार पारिएको उहाँले बताउनुभयो । बैठकले सभामा आसन ग्रहण र वक्ताको संख्याबारे पनि मापदण्ड निर्धारण गरेको छ ।