काठमाडौं, १५ वैशाख । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छापिएको जानकारी दिएको छ ।
आयोगको नियमित पत्रकार सम्मेलनअन्तर्गत सहायक प्रवक्ता तथा उपसचिव सूर्यप्रसाद अर्यालले १५ वैशाखसम्ममा ७२ जिल्लाका लागि एक करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्