सल्यान, बैशाख १८ । नेकपा एकीकृत समाजवादी पार्टी सल्यानका जिल्ला उपाध्यक्षसहित केही नेताहरूले पार्टी परित्याग गरेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एसले कांग्रेसको सेवाबाहेक अरु केही गर्न नसक्ने प्रमाणित भएकोले पार्टी परित्याग गरेको नेताहरुले बताउनु भएको छ ।
यसरी परित्याग गर्नेमा जिल्ला उपाध्यक्ष राम खड्कीसहित एक दर्जन नेता हुनुहुन्छ । पार्टी परित्याग गर्नेहरूमा कमिटी सदस्यहरू इन्ताज मिया, राजकुमार चनारा, विश्वनाथ सिंह रहेका छन् ।
यस्तै समाजवादी निकट अनेरास्ववियूका जिल्ला अध्यक्ष निरज सिंह, सल्यान उद्योग वाणिज्य संघ सल्यानका महासचिव मोहन सारूलगायत रहनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्