जनता टाइम्स

१९ बैशाख २०७९, सोमबार १७:०२

‘ईद उल फित्र’को अवसरमा भोलि सार्वजनिक बिदा


काठमाडौं, १९ वैशाख । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयलले आज विज्ञप्ति निकालेर मुस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)को अवसरमा भोली सार्वजनिक दिएको जानकारी दिएको हो ।

‘मस्लिम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भए बमोजिम उक्त बिदा २० वैशाख भोली कायम भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहले जारी गरेको सूचनामा उल्लेख छ ।

भोली ईद परेको भन्ने मुस्लिम आयोगका सिफारिसका आधारमा गृहले सार्वजनिक बिदाको सूचना जारी गरेको हो ।