जनता टाइम्स

२४ बैशाख २०७९, शनिबार १९:०३

सत्ता गठबन्धन चुनावमा धाँधली गर्न लाग्यो : नेता बादल


काठमाडौं, बैशाख २४ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको आरोप लगाउनुभएको छ । चितवनको भरतपुरमा नेकपा एमालेले आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागेको आरोप लगाउनुभएको हो ।

भरतपुरमा सत्तारुढ दलका नेताहरुले दिएको अभिब्यक्तिप्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले एमालेको विजय सुनिश्चित जस्तो देखेपछि दक्षिणपन्थी गठबन्धन उत्तेजित भएर निर्वाचन जित्न अनेक हत्कण्डा अपनाउने रणनीतिमा रहेको बताउनुभयो ।

आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बचको भीषण संघर्ष भएको नेता थापाले बताउनुभयो । अहिलेको सरकार विकास र समृद्धिलाई कसरी रोक्ने भन्नेतर्फ लागेको भन्दै नेता थापाले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताउनुभयो ।