काठमाडौं, २७ वैशाख । १३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला पर्नुभएको छ । ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आउनुभएको चौधरीलाई आज बिहान मृत अवस्थामा फेला पारिएको हो ।
धरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हो । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा हुनुहुन्थ्यो । उहाँ एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट हुनुभएको थियो । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्