जनता टाइम्स

३ असार २०८२, मंगलवार १७:३८

गृह मन्त्रालयका २१ सहसचिवको सरुवा र पदस्थापन, १० जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी


काठमाडौं, ३ असार । गृह मन्त्रालयले २१ जना सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिवहरूको पदस्थापन गरेको हो । मन्त्रालयको निर्णयअनुसार राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको  सरुवा, पदस्थापन र काज खटाइएको छ ।

मन्त्रालयका अनुसार गोरखाको प्रमुख जिल्ल अधिकारीमा सहसचिव रामुराज कडरियालाई पठाइएको छ । भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, गोरखामा पुण्यविक्रम पौडेल, सिन्धुलीमा दिनेशसागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङ प्रमुख जिल्ला अधिकारी हुनुभएको छ ।