जनता टाइम्स

३० जेष्ठ २०७९, सोमबार ०७:३७

टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली भारत दक्षिण अफ्रीकासँग पराजीत


भारत,३० जेठ । दोस्रो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ ।

आइतबार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।यस जितसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २–० को अग्रता बनाएको छ ।भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।