जनता टाइम्स

३१ जेष्ठ २०७९, मंगलवार ०८:०१

असार १ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालयको समय परिवर्तन


काठमाडौं, जेठ ३१ । गृह मन्त्रालयले परीक्षणको रुपमा रहेको सप्ताहिक दुई दिने विदा खरेज भएको जनाएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन विदा निदे निर्णय खारेज भएको जनाएको हो।

दुई दिने विदा खारेज भएसँगै असार १ गतेदेखि कार्यालय समय विहान १० बदेखि अपरान्ह ५ बजेसम्म कायम गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलका अनुसार असार १ देखि कात्तिक १५ गतेसम्म र माघ १५ देखि चैत मसान्तसम्म १० बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ ।

यसैगरी कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय समय तोकिएको छ। उहाँका अनुसार शुक्रबार भने कार्यालय समय १० देखि ३ बजेसम्म कायम रहनेछ।