मलेसिया,३ असार । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप शुक्रबारबाट मलेसियामा सुरु हुँदैछ ।
च्याम्पियनसिपको पहिलो खेलमा नेपालले शुक्रबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार शुक्रबार बिहान ८ः४५ बजे सुरु हुनेछ ।
नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्दी समेत हो ।यता, भुटान पनि नेपाललाई हराएर सुखद सुरुआती गर्ने योजनामा रहेको छ ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्