काठमाडौं, ५ असार । तेस्रो टी–२० खेलमा युगान्डाविरुद्ध टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रुविना क्षेत्रीले टस जितेर सुरुवाती ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । जारी खेलमा नेपालले १० ओभर खेल्दा दुई विकेट गुमाएर ३८ रन बनाएको छ ।
श्रृंखलामा युगान्डा लगातार तेस्रो खेल जित्ने योजनामा छ । यदि आइतबारको खेल जिते युगान्डाले श्रृंखला दुई खेलअघि नै आफ्नो नियन्त्रणमा राख्नेछ । त्यसैले नेपाल आजको खेल जित्दै श्रृंखलामा पुनरागमन गर्न चाहन्छ । पहिलो खेलमा युगान्डा १२ रन र दोस्रो खेलमा एक विकेटले विजयी भएको थियो । यसपछि दुई खेल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्