काठमाडाैं, असार ४ । नेकपा एमालेकाे जनसंगठनहरूकाे बैठक सुरू भएकाे छ ।
केन्द्रीय महाधिवेशन सम्पन भएपछि नेकपा एमालेका जनसंगठन समन्वय संयन्त्रको पहिलो बैठक बसेकाे हाे ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा बसेकाे बैठकमा जनसंगठनका निवर्तमान अध्यक्ष, अध्यक्ष, इंचार्जहरूको सहभागिता रहेको छ ।
बैठकमा इंचार्जहरूले महाधिबेशनको समीक्षासहित प्रतिवेदन राखिरहेकाे र साे क्रममा संगठन र पार्टीकाे कामबारे ठोस योजना बनाउने कार्यसूची रहेको संयाेजक ढकालले जानकारी दिनुभयाे ।
बैठकलाई प्रधाजमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा अर्थमन्त्री एवं उपाध्यक्ष बिष्णु पाैडेलले सम्बाेधन गर्ने कार्यसूची रहेकाे छ ।



















प्रतिक्रिया दिनुहोस्