जनता टाइम्स

४ असार २०८२, बुधबार ०८:२८

विनयी खोलाको बाढीले फेरि अस्थायी डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध


काठमाडौं, ४ असार । दुम्कीवासस्थित विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि पूर्व(पश्चिम राजमार्ग पुन: अवरुद्ध भएको छ । गएरातिदेखि परेको पानीसँगै विनयी खोलाको बाढीले हिजो बनाइएको अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । यसअघि मंगलबार अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गएरातिको बाढीले त्यही पनि बगाएको हो ।
उक्त स्थानमा ईन्जिनियरसहितको टोली खटिई छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास भैरहेको छ । पानीको बहाव कम हुँदै गएको र अबको ४/५ घण्टाभित्र सवारी आवागमन दुईतर्फी नै सुचारू हुने सडक डिभिजनले जनाएको छ ।