सुर्खेत, ८ असार । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो।
उहाँका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको उक्त जीप वीरेन्द्रनगर नगरपालिका–७ सडक खण्ड कपासेमा दुर्घटना भएको हो ।जीपमा ५ जना सवार रहेका थिए । जीप ब्रेक फेल भएर सडकभन्दा २५ फिट तल खसेको प्रहरीले जनाएको छ । अरु चार जना घाइतेको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्