जापान, २४असार ।जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि घातक आक्रमणपछि जापानको सरकारी मिडियाले उनको निधन भएको पुष्टि गरेको छ ।
शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो।उनको उपचारको क्रममा निधन भएको हो।
प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन्।
प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्