जनता टाइम्स

२८ असार २०७९, मंगलवार १२:०७

काठमाडौंमा टिपरभित्र किशोरी बलात्कृत


काठमाडौं, २८ असार । काठमाडौंको थानकोटमा युवतीमाथि बलात्कार भएको छ । टिपरभित्र किशोरीमाथि १७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले टिपर चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंखर गाउँपालिका–८ का ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार किशोरीले शुक्रबार राति १० बजेतिर चन्द्रागिरि नगरपालिका–७ थानकोटस्थित नेपाल आयल निगमको डिपोतिर जाने सकडमा टिपर पार्किङ गरी नेपालीले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी छन् ।

काठमाडौंमा क्याम्पस पढ्ने किशोरीलाई उनले गाउँबाटै ल्याएका थिए । तर, तेल सकिएको बहाना बनाएर चालकले थानकोट पु¥याएको अनुसन्धनबाट खुलेको छ । प्रहरीले नेपालीलाई शनिबार बिहान कलंकीबाट पक्राउ गरेको थियो ।