जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १९:२८

मोदीले भेटन अस्वीकार गरेकोमा आक्रोशित देखिए प्रचण्ड


काठमाडों, साउन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताउनु भएको छ । भारत भ्रमणबाट फर्केपछि बिमानस्थलमा प्रचण्डले यस्तो बताउनु भएको हो ।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको प्रचण्डको भनाइ छ । तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनु भएका प्रचण्डले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको प्रष्टिकरण दिनुभयो ।

मोदीले नभेटेकोमा टेन्सन छैन भन्नुभएका प्रचण्डको आवामा भने आक्रोशयुक्त देखिएको थियो । उहाँले आफ्नो तीन दिनको भारत भ्रमण सफल भएको दाबी भने गर्नुभयो ।