काठमाडौं, २ साउन । राष्ट्रिय सभाका सांसद खिमलाल भट्टराईले सरकारको गैरजिम्मेवार व्यवहारका कारण जनतामा निराशा छाएको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै उनले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको आरोप समेत लगाउनुभयो ।
‘सरकारको गैरजिम्मेवार व्यवहार, असक्षमताका काराण जनतामा निराशा र असन्तुष्टी आएको छ । यसलाई सत्तापक्षको हिसाबले सच्याउने दम राख्नुहुन्छ भने प्रतिपक्षको हिसाबले स्वागत गर्छौं,’ उहाँले भन्नुभयो ।
धेरै ठूलो संघर्षबाट प्राप्त गरेको लोकतन्त्र, गणतन्त्र र संघियतामाथि प्रश्न उठ्न थालेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनताको आक्रोस नबढोस्, चिन्ताको विषय यो हो ।’ सरकार राजनीतिक मुद्दामा केन्द्रित हुँदा विकास निर्माण ठप्प भएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्