एजेन्सी । सी जिनपिङले जो बाइडेनलाई दिएको धम्कीपछि अब चिनियाँ सेना सक्रिय भएको छ । चिनियाँ सेनाले ग्वाङ्डोङ प्रान्तको तटमा रहेको दक्षिण चीन सागरमा ठूलो नौसेना अभ्यास सुरु गरेको छ। यो नौसैनिक अभ्यास ताइवानबाट केही पर विवादित क्षेत्रमा भइरहेको छ।
चिनियाँ सेनाले यो दुई दिने अभ्यास जुलाई २९ मा सुरु भएको र जुलाई ३० मा समाप्त हुने जनाएको छ । यसमा चिनियाँ सेनाको पनडुब्बी, युद्धपोत र पहिलो आक्रमणका जहाजले भाग लिनेछन् । चिनियाँ नौसेनाको यो चाललाई अमेरिका र ताइवान दुवैका लागि चेतावनी मानिएको छ । एक दिन अघि सी जिनपिङले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ताइवानमाथि टिप्पणी गर्दै ‘आगोसँग नखेल्न’ चेतावनी दिएका थिए ।
अमेरिकाले पनि पठायो विमानवाहक जहाज
अर्कोतर्फ अमेरिकाले पनि सिङ्गापुरमा तैनाथ आफ्नो विमानवाहक जहाजलाई सम्पूर्ण लडाई सामाग्रीसहित दक्षिण चीन सागरमा तैनाथ गरेको छ । युएसएस रोनाल्ड रेगन विगत केही दिनदेखि सिंगापुरको बन्दरगाहमा तैनाथ थियो । तर, चीनले चेतावनी दिएलगत्तै यो विमानवाहकलाई दक्षिण चीन सागरमा तैनाथ गरिएको छ ।
यो विमानमा अमेरिकी नौसेना विनाशकहरू, फ्रिगेटहरू, पनडुब्बीहरू र ट्याङ्कर जहाजहरूको पूर्ण फ्लीट छ। यो विमान वाहक अमेरिकी नौसेनाको सातौं फ्लीट अन्तर्गत काम गर्दछ ।
चीन न्यान्सी पेलोसीको भ्रमणलाई लिएर चिढिएको छ
अमेरिकी कांग्रेसकी वरिष्ठ सदस्य तथा प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको सम्भावित ताइवान भ्रमणलाई लिएर चीन चिढिएको छ । यसैबीच, न्यान्सी पेलोसी शुक्रबारदेखि एसियाली मुलुकको भ्रमण सुरु गर्ने खबर छ । यद्यपी उनको ताइवान जाने बारे आधिकारिक पुष्टि भने भएको छैन । अर्कोतर्फ, जिनपिङको भनाइभन्दा एक दिनअघि चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई पेलोसीको ताइवान भ्रमणले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो ।
बाइडेनलाई जिनपिङले दिए खुला धम्की
सी जिनपिङले बिहीबार साँझ जो बाइडेनसँगको वार्तामा ताइवानको बारेमा खुला धम्की दिनुभएको छ । एक चीन नीति नै हामीसँगको सम्बन्धको राजनीतिक आधार भएको चिनफिङले बताउनुभयो । ताइवानलाई चीनको अभिन्न अंगको रूपमा व्याख्या गर्दै चिन फिङले चीनको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने १.४ अर्बभन्दा बढी जनताको बलियो चाहना रहेको बताउनुभयो । यस्तो अवस्थामा ‘आगोसँग खेल्नेहरू आफै जल्छन्’ उहाँले भन्नुभयो ताइवानको स्वतन्त्रतालाई प्रेरित गर्ने शक्तिहरूलाई कुनै पनि हालतमा नष्ट गरिनेछन्् ।’












प्रतिक्रिया दिनुहोस्