जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार १४:१२

क्यानडेली नागरिकलाई अमेरिकामा जन्मकैद


एजेन्सी । अमेरिकी पत्रकार जेम्स फोली लगायतका बन्धकहरूको टाउको काट्ने समूहको प्रचार गर्ने प्रचारकहरूसँग काम गरेर इस्लामिक स्टेटलाई सहयोग गरेकोको अभियोगमा एक क्यानडेलीलाई अमेरिकाले आजीवन कारावासको सजाय सुनाइएको छ ।

एक अमेरिकी न्यायाधीशले शुक्रबार साउदीमा जन्मेका क्यानडेलीलाई आजीवन कारावासको सजाय सुनाएको हो । टोरन्टोमा हुर्केका ३९ वर्षीय मोहम्मद खलिफाले २०१३ मा क्यानडा छोडेर सिरिया जानुभएको थियो ।

सन् २०१९ मा अमेरिकी समर्थित कुर्दिश फौजले कब्जामा लिनुअघि आईएस समूहको तर्फबाट दुई सिरियाली सैनिकको हत्या गरेको अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

उनलाई गत वर्ष अक्टोबरमा संघीय अनुसन्धान व्युरोको हिरासतमा सारिएको थियो र डिसेम्बर १० मा विदेशी आतंकवादी संगठनलाई सहयोग गराएकोमा दोषी ठहर गरिएको थियो ।