काठमाडौं, १४ साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
गए रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि आज बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उहाँका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताउनुभयो ।
उहाँको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।












प्रतिक्रिया दिनुहोस्