काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारकै पालामा नेपालबाट समाजवादको नयाँ मोडल दिने उदघोष गर्नुभएको छ ।
नेकपाका संस्थापकमध्येका एक नेता नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजित समारोहमा अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समृद्धि हासिल गरी समाजवादको नयाँ मोडल दिने घोषणा गर्नुभयो । ‘हामीलाई प्राप्त यो अवसरको सदुपयोग बुद्धिमतापुर्वक सदुपयोग गर्न जरुरी छ, सरकारको कामलाई अझै प्रभावकारी बनाएरु जनताको मन जित्दै यही सरकारको पालामा सामाजिक न्यायसहितको समृद्धि हासिल गरी समाजवादको नयाँ मोडल नेपाल र दुनियाभरलाई दिनुछ, हामी यो अभिारा पूरा गरेरै छाडछौं,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
उहाँले नेपालमा कम्युनिस्ट आन्दोलनको उत्कर्ष अहिलेको अवस्था नभएको पनि प्रष्ट पार्नुभयो । ‘कम्युनिस्ट आन्दोलनको यो सफलता नै उत्कर्ष नहोस, यो भन्दा अझ ठुलो उचाइमा हामी जानुछ, समाजवादको नयाँ मोडल दिनुछ, दिन सक्नुपर्छ । सामाजिक न्यायसहितको समृद्धि, सवैले उपभोग गर्न पाउने समृद्धिको नयाँ मोडल नेपालबाट दिन सक्नुपर्छ,’ प्रचण्डले भन्नुभयो, ‘यो अवसर हामीलाई प्राप्त छ । सरकारको कामलाई प्रभावकारी बनाएर गुनात्मक ढंगले जनताको मन जितेर हामीले यो अभिारा पूरा गर्नेछौं ।’
उहाँले पार्टी एकता गरेर असाधारण पहलकदमी अघि बढाएको पनि प्रष्ट पार्नुभयो । ‘धेरै अप्ठ्यारा र घेराहरुलाई चिर्दै पार्टी एकताको अन्तिम चरणको ठाउँमा आइपुगका छौं । यसै महिनाभित्र स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बसेर भदौंबाट जनतामा जाने प्रयाश अघि बढेको छ,’ प्रचण्डको भनाई थियो । उहाँले पार्टी एकतालाई अझै सुदृढ गर्ने र सरकारलाई प्रभावकारी बनाएर नेपालबाट समाजवादको नयाँ मोडल देश र दुनियालाई दिने संकल्प पनि गर्नुभयो ।
अध्यक्ष प्रचण्डको नरबहादुर कर्माचार्यकै घरमा जनयुद्धको सम्पुर्ण योजना बनेको खुलासा पनि गर्नुभयो । प्रचण्डले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य अवसरवादका कुनै पनि गन्ध नभएको नेताको रुपमा आफूलाई स्थापित गरेको भन्दै सो खुलासा गर्नुभएको थियो । ‘नरबहादुर कर्माचार्य जीवनभर आफूलाई कम्युनिस्ट आन्दोलनकोनिम्ति समर्पित गर्नुभयो, माक्र्सवादी सिद्धान्तमा उभ्याइराख्नुभयो । कुनै खाले बिचलनतिर सोच्नुभएन । बैचारिक र आन्दोलनप्रतिको निष्ठा र निरन्तरता कर्माचार्यको बिशेषता हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।
अध्यक्ष प्रचण्डका अनुसार कर्माचार्यले जीवनभर अवसरवादलाई परास्त गर्नुभयो । ‘अवसरवादको कुनै गन्ध नभएको नेता हुनुहुन्थ्यो नरबहादुर कर्माचार्य । अहिले धेरै खालका बिसंगतिहरु, बिकृतिहरु देख्न सकिन्छ अहिल कम्युनिष्ट आन्दोलनभित्रै । तर कमरेड नरबहादुर कर्माचार्य ती सवैबाट माथि हुनुहुन्थ्यो,’ प्रचण्डले भन्नुभयो ।
‘पार्टी एकतालाई अझ सुदृढ गर्नु हो कर्माचार्यलाई सम्झनु भनेको । जिम्मेवारीलाई अझ प्रभावकारी रुपमा अघि बढाउन जरुरुी छ,’ प्रचण्डको भनाई थियो । प्रचण्डले झण्डै ६÷७ बर्ष नरबहादुर कर्माचार्यकै अभिभावकत्वमा बसेको खुलासासमेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्