काठमाडौ, असार २१ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनवर्गीय संगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टीको आन्तरिक चुनावमा पराजित भएपछि अरुलाई दोष दिने चलन घातक भएको बताउनु भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकले विभिन्न जनवर्गीय संगठनको केन्द्रीय नेतृत्वमा पुगेकाहरुलाई बधाई तथा शुभकामना प्रदान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले यस्तो बताउनु भएको हो ।
प्रतिस्पर्धाबाट नेतृत्व चुन्ने नै सबैभन्दा लोकतान्त्रिक विधि भएकोमा जोड दिदै ढकालले निर्वाचनमा गइसकेपछि आउने परिणामलाई स्वीकार्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले विगतमा पार्टीको अवस्थाअनुसार जनवर्गीय संगठनलाई अस्वभाविक ठूलो बनाउनुपरेको पनि स्वीकारेका छन् । कार्यक्रममा ढकालले अहिलेसम्म पार्टीका १६ वटा जनवर्गीय संगठनको महाधिवेशन सप्पन्न भइसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ, केन्द्रीय सदस्यद्वय सरेश नेपाल र सुवास कर्माचार्यले विभिन्न जनवर्गीय संगठनबाट केन्द्रमा नेतृत्व गर्नेलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्