काठमाडौं, साउन ९ । घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दोलखामा खरिदार पुष्कर अधिकारी घुस रकमसहित पक्राउ परेका छन्। होटल व्यवसाय दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग ७३ हजार ९५० रुपैयाँ लिएपछि उनी पक्राउ परेका हुन । अख्तियारको टोलीले ४ हजार घुससहित पक्राउ गरेको अधिकारीको कोठाबाट थप रकम बरामद गरेको हो ।
अरु सेवाग्राहीसँग पनि घुस लिएको सूचना पाएपछि कोठामा खानतलासी गर्दा ७३ हजार ९५० घुस लिइएको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्