काठमाडौ, भदौ ३ । नेकपा एमालेकी सांसद नविना लामाले गठबन्धन सरकारले राजनीतिक स्वार्थ र बिदेसी शक्ति केन्द्र खुशी पार्नकालागि राष्ट्रपतिको सन्देश अस्वीकार गरी नागरिकता विधेयक जस्ताको तस्तै पास गरेको बताउनु भएको छ ।
सामाजीक संजालमा प्रतिक्रिया दिंदै नेत्री लामाले यस्तो धारणा राख्नुभएको हो । नागरिकता विधेयक प्रतिनिधिसभाको बहुमतबाटबिहीबार पारित भएको थियो ।
‘महामहिम राष्ट्रपतिज्यूबाट फिर्ता भएको नागरिकता विधेयकलाई गठबन्धनको सरकारले राजनीतिक स्वार्थ र शक्ति केन्द्र खुसी पर्नकोलागि पास गरेको हो । यो निर्णय यो देशको ईज्जत माथी एवं नेपाली जनताको अपमान हो । नागरिकता जस्तो विषयमा साझा सहमतिहुनुपर्थ्यो, भएन । लोकतान्त्रिक संस्था माथी प्रहार गरियो । यो महान गल्ति हो । नेपाली जनताले यस्ता गाल्ती गर्ने राजनीतिक दल र योसरकारलाई छुट दिनेछैनन,‘ लामाको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्