जनता टाइम्स

१२ भाद्र २०७९, आईतवार ११:५०

नेविसंघका कार्यकर्ताले लुटे त्रिविका महत्त्वपूर्ण कागजात (विज्ञप्ति सहित)


काठमाडौ, १२ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयको महत्त्वपूर्ण कागजात र फाइल लुटपाट गरेका छन्।त्रिविले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बसिरहेको बेला १०–१५ जनाको समूहमा आएका नेविसंघका कार्यकर्ताले कागजात तथा फाइल लुटपाट गरेको जनाएको छ।

विज्ञप्तीमा त्रिविले भनेको छ, ‘नेपाल विद्यार्थी संघसँग आवद्ध विद्यार्थी हौं भन्दै १०–१५ जनाको समूह जबरजस्ती बैठक कक्षमा प्रवेश गरी उपस्थित पदाधिकारी, कार्यकारी परिषद्का सदस्यहरू एवं कर्मचारीबाट कार्यकारी परिषद्का विगतका निर्णय सहितको पुस्तिका एवं अन्य महत्वपूर्ण कागजपत्र र फाइलहरू खोस्ने, कब्जा गर्ने, पदाधिकारी तथा कर्मचारीलाई हातपात गर्न खोज्ने आदि जस्ता अभद्र व्यवहार गरी महत्वपूर्ण कागजात लुटी लिने कार्य गरेकोप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

शुक्रबार जमलस्थित होटल एल्लो प्यागोडामा त्रिवि कार्यकारी परिषद्को बैठक बोलाइएको थियो। बैठक बस्ने क्रममा आएका नेविसंघका कार्यकर्ताले लुटपाट गरेको विश्वविद्यालयले जनाएको छ।

हेर्नुहोस् त्रिविको विज्ञप्ति