मस्को, १२ भदौ । रुसले कब्जा गरेको क्षेत्र लुहान्स्कमा रहेको आधार शिविरमा भएको युक्रेनी मिसाइल हमलामा २ सय रुसी प्याराट्रुप्स मारिएको स्थानीय नेताले दाबी गरेका छन् । पूर्वी युक्रको कादिभ्का सहरमा रहेको मुख्यालयमा भएको रुसी हमलामा उनीहरू मारिएका लुहान्स्का गभर्नर सेर्ही गैडाइले जानकारी दिनुभयो ।
विस्फोटबारे सेयर गरिएको एउटा भिडियोमा रुसी सेनाले आधारको रूपमा प्रयोग गरेको होटलको भग्नावशेष देख्न सकिन्छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ,‘अस्थायी रूपमा कब्जा गरिएको कादिभका, लुहान्स्क क्षेत्रमा, युक्रेनी सैनिकहरूले रुसीहरूको आधारलाई ध्वस्त पारे ।’ आक्रमण करिब २०० रुसी प्याराट्रुप्स मारिएका उहाँले बताउनुभयो । युक्रेनमाथि रुसले हमला गरेको ६ महिना पूरा भएको छ । हमलामा दुबै देशका सयौँ सैनिकको मृत्यु भएको छ ।













प्रतिक्रिया दिनुहोस्