जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १५:०३

गृहमन्त्री खाणले भने– राष्ट्रपतिको पत्रको सम्मान गर्छौँ


काठमाडौं, १३ भदौ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधन गर्न बनेको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

सोमबार बसेको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा गृहमन्त्री खाणले विधेयक फिर्ता गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको सुझाव र सन्देशसहितको पत्रको सरकारले सम्मान गर्ने बताउनुभएको हो ।

राष्ट्रपतिबाट सन्देशसहित विधेयक फिर्ता आउनु प्रक्रिया नै रहेको भन्दै उहाँले राष्ट्रपतिले पठाएको सन्देशउपर नै छलफल गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सांसदहरुले विधेयकउपर हालेको संशोधन प्रस्तावको विषयमा जिज्ञासा राख्नुभएको थियो । तर, गृहमन्त्री खाणले विधेयक पास गर्दा अस्वीकृत भएका संशोधन प्रस्तावमाथि छलफल नहुने बताउनुभयो ।