जनता टाइम्स

८ आश्विन २०७९, शनिबार ०८:०१

कोइराला पक्षले आज खबरदारी भेला गर्दै


काठमाडौं, ८ असोज । आम निर्वाचनको टिकट वितरणमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ ।सम्मानजनक रुपमा टिकट वितरणका लागि कोइराला पक्षले सभापति देउवालाई दबाब दिने निर्णय पनि गरेको छ ।

शुक्रबार बसेको सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी थिए ।बैठकले देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजेका लागि खबरदारी भेला गर्ने निर्णय गरेको छ ।

टिकटमा सम्मानजनक हिस्सेदारीको माग गर्दै देउवामाथि थप दबाब बढाउन भेला गर्न लागिएको नेताहरुले बताएका छन् । भेलामा टिकटका लागि प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने छन् ।