जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार ०७:२६

आज पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव


काठमाडौ, ६ कात्तिक ।  नेपालमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । तर, बाँकी भूभागमा मौसम सामान्यता सफा छ ।आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको पनि सम्भावना छ ।पछिल्लो पटक काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा चिसो बढ्दै गएको छ । नेपालमा ३० असोजबाट मनसुन अन्त्य भएसँगै पोस्ट मनसुन सुरु भएको हो ।