जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार २२:४९

विकासको अभियान बढाउन एमाले चाहिन्छ : अध्यक्ष ओली


काठमाडौं, २९ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले विकासको अभियानका लागि एमाले चाहिने बताउनुभएको छ । आज गोदावरी नगरपलिका–८ छम्पीमा पुगेर यहाँका मतदातालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “वास्तविक लोकतन्त्रको रक्षा, विकासका लागि लोकतन्त्र, जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउन र देशलाई अगाडि बढाउनका लागि नेकपा एमाले चाहिन्छ । विगतमा हामीले व्यवहारबाट हेरिसकेका छौँ एमालेले कसरी काम गर्छ भनेर ।”

उम्मेदवारलाई सफलताको शुभकामना दिँदै उहाँले देशलाई सही बाटोमा फर्काउने अवसर आएको बताउनुभएको हो । देशव्यापी निर्वाचन अभियानको क्रममा दौडाहामा रहनुभएका ओली आज ललितपुरको क्षेत्र नं १ को छम्पी र क्षेत्र नं ३ को भैँसेपाटी पुगेर आफ्ना उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको हो । नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि ललितपुर क्षेत्र नं १ मा नवराज सिल्वाल र ३ मा अमृत खड्का उम्मेदवार हुनुहुन्छ ।