जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १५:००

पूर्वी नवलपरासीबाट शशांक कोइराला निर्वाचित


नवलपुर, ८ मंसिर । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित हुनुभएको छ । आज सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याउनुभयो । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाउनुभयो ।