जनता टाइम्स

११ मंसिर २०७९, आईतवार ०९:५८

बाग्मति प्रदेशका पूर्वअर्थमन्त्री ढुंगेललाई हराउँदै रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित


रामेछाप, मंसिर ११ । रामेछापमा प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ । नेकपा एमाले उम्मेदवार बागमति प्रदेशका पूर्वअर्थमन्त्री कैलाशप्रसाद ढुंगेललाई पराजित गर्दै तामाङ बिजयी बन्नुभएको हो ।

आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गर्नुभयो ।

रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।